झापाको गौरीगन्ज गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिज्ञापन
कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षी नगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको हो ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








