साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ।
बिज्ञापन
मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए। मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए। भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए। यसैबिच साझा यातायात सहरकारी संस्थाले घटनाबारे समवेदना व्यक्त गर्दै अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








