देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ। गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाडौँ सहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिज्ञापन
मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ। आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिज्ञापन
महाशाखाका अनुसार भोलिदेखि पश्चिमबाट मौसम सुधार हुनेछ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ।








