दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
शैलुङ गाउँपालिका-२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए। उनी सोही ठाउँमा बुधबार भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए।
बिज्ञापन
भीरबाट खसेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।








