आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइली छन्। उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोली गत शुक्रबार साँझ ६ बजेतिर पक्राउ गरेको हो।
बिज्ञापन
उनीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको दाङका डीएसपी चक्रबहादुर शाहले बताए।
उनले मोटरसाइकल प्रयोग गरी अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीले पाएको थियो। त्यसपछि उनी सवार लु ४६ प ६१६१ नमबरको मोटरसाइकलमा सवार उनलाई तलासी गर्दा उक्त सुन फेला परेको हो।
बिज्ञापन
यसका साथै उनीबाट १ लाख ७ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ।








