होमपेज > नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटना

नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटना

बिज्ञापन
बिज्ञापन

नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ।

बिज्ञापन

शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए। उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

घाइतेहरू पाँचै जना चितवनका छन्। भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन्।

उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ। माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते