सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको छ।
बिज्ञापन
शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको छ।
बिज्ञापन
आगलागी भएपछि दुई वटा दमकल ल्याइएको थियो। जसमध्ये एउटा प्रयोग भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आगलागी बिजुली सर्ट भएर हुनसक्ने अनुमान गरेको छ।
यसबारे प्रहरीको टोलीले अनुसन्धान थालेको छ।








