होमपेज > एलआईसी नेपालको अवितरित हकप्रद शेयर लिलामी बिक्रीमा

एलआईसी नेपालको अवितरित हकप्रद शेयर लिलामी बिक्रीमा

बिज्ञापन
बिज्ञापन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आफ्ना बाँकी रहेका हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको छ।

बिज्ञापन

यसअघि कम्पनीले १ः०.८८४५१६८ अनुपातमा प्रति शेयर रू. १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। तर, सोमध्ये ४ लाख ९२ हजार ५७७ कित्ता शेयर बिक्री नभएकाले लिलामी प्रक्रियामार्फत पुनः बिक्री गर्ने तयारी गरिएको हो।

बिज्ञापन

सुरुमा पुस २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो, जुन पर्याप्त आवेदन नआएपछि पुस १७ गतेसम्मको समय थप गरिएको थियो। तर, दोस्रो चरणसम्म पनि सबै शेयर बिक्री नभएपछि कम्पनीले लिलामी प्रक्रिया अपनाउने निर्णय गरेको हो। अब इच्छुक खरिदकर्ताले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस लिलामी प्रक्रियाको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ। बोलपत्र फाराम तथा आवेदन कम्पनीका कार्यालय पुतलीसडकका साथै वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी शाखा र नेपाल एसबिआई मर्चेण्टको ठमेलस्थित कार्यालयमा बुझाउन सकिने व्यवस्था मिलाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते