होमपेज > अलपत्र परेकी महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन

अलपत्र परेकी महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन

बिज्ञापन
बिज्ञापन

घोराहीको सडकमा अलपत्र फेला परेकी एक महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन गरिएको छ।

बिज्ञापन

मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा न्वारन गरी बालिकाको नाम ‘श्रद्धा’ राखिएको हो। गत साउन महिनामा घोराहीमा अलपत्र फेला परेकी महिलाको उद्धार गरी मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा राखिएको थियो। ती महिलाको स्वास्थ्य जाँच गर्दा सात महिनाको गर्भ रहेको खुलेको थियो।

बिज्ञापन

एचआईभी पोजेटिभ ती महिलाले असोज २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्माएकी थिइन्। बालिकाको जन्म पछि पनि उनलाई लगातार २७ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो। तर आमाको मानसिक सन्तुलनमा सुधार आएको छैन। स्वास्थ्य परीक्षणको क्रममा ती बालिकामा पनि यौन सम्बन्धी समस्या देखिएको छ।

त्यसैले चार महिनापछि मात्रै मंगलबार माघ १५ गते मानव कल्याण समाज सेवा घरको प्रांगणमा न्वारन गरिएको हो। ‘छोरीको न्वारन भइरहँदा भित्र रहेकी आमालाई कुनै सरोकार थिएन किनकि उनको मानसिक सन्तुलनमा प्रगति भएको छैन। आफूहरुले आमा–छोरी दुवैलाई स्याहार सुसार र उपचार गरिरहेको सेवा घरकी कार्यक्रम संयोजक सुस्मिता मानवले बताइन्। उनका अनुसार नाम–ठेगाना केही खुलेको छैन। ‘आमाको नै पहिचान नभएपछि बाबुको झन् पहिचान हुने कुरै भएन,’ संयोजक सुस्मिता मानवले भनिन्।

बिज्ञापन

मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलका अनुसार बेवारिसे अवस्थामा फेला परेकी ती महिलालाई ‘सोनिया’ नाम दिएर संरक्षण गरिरहेको छ। उनको बोलीमा हिन्दी लबज मिसिन्छ। ती महिलाले केही अंग्रेजी शब्द पनि उच्चारण गर्छिन्। त्यसैले उनी पढेलेखेकी हुनसक्ने पोख्रेल बताउँछन्।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् दाङ क्षेत्र नम्बर दुईकी सांसद रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सामूहिक न्वारन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि शर्माले यति धेरै सडकआश्रित मानवको स्याहार र संरक्षण गर्नु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै अलपत्र गर्भवती महिलाको उद्धार गरी बालिकाको नयाँ जीवन आरम्भ गराउनु थप पुण्यको काम भएको बताइन्।

मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र परेकी महिलामाथि समेत यौन दुव्र्यवहार गर्न पछि नपर्ने अपराधिक प्रवृत्तिलाई परास्त गर्नु समाजकै दायित्व भएको बताइन्। आफूले सेवा घरसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताइन्।

यसैबीच सेवा घरको सञ्चालनलाई सहज बनाउन माघ १८ गतेदेखि महायज्ञ लगाइने भएको छ। महायज्ञको तयारी पूरा भएको संयोजक चन्द्रराज पन्तले जानकारी दिए।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते