होमपेज > प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक

प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ।

बिज्ञापन

जनआन्दोलनको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरुद्धको कथा उठाएको छ। समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ। ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध सङ्कटमा छ। जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ।

बिज्ञापन

ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो। जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ। प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दु बोहरा (सपूत) निर्मातामा छन्। फिल्ममा सुसन प्रजापतिको छायाङ्कन रहेको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते