प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बिज्ञापन
आइतबार साँझ प्युठान नगरपालिका–७ टिकुरी बसपार्कमा मोटरसाइकल ठक्करबाट मल्लरानी गाउँपालिका – ४ बासखोला बस्ने ७० बर्षिय राम चन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बाग्दुलातर्फ जाँदै गरेको लु ९१ प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही दिशा तर्फ पैदल हिंडिरहेका शाह गम्भीर घाइते भएका थिए।
बिज्ञापन
उनको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए। मोटरसाइकल चालक २३ वर्षीय रुपेश गुरुङ समेत घाइते भएको र उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्युठानमा सञ्चालन भइरहेको भित्रीकोट प्युठान महोत्सव हेरेर फर्कंदै गर्दा साँझ उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिज्ञापन








