चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ। अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो।
बिज्ञापन
बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको हो। कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ। तर, मकुना फर्कीफर्की आइरहेको छ। सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ।
बिज्ञापन
कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन्। हात्ती महोत्सवका संयोजक राम कुमार अर्यालले त जंगली हात्ती आएर कुनै भागदौड नभएको र मानिस जंगली जनावरसँग मिलेर बस्नुपर्ने सन्देश दिएको बताए।
उनले भने, ‘ हाम्रो घर जंगल छेउमै छ। हामी मानिस पनि वन्यजन्तुमैत्री बन्नुपर्छ भन्ने सन्देश दिएको छ। यसले महोत्सवलाई राम्रो गरेको छ। यहाँ कोही कतै भागदौड भएको देखिदैन। ‘








