फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज च्याउको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज कन्य च्याउको मूल्य १२० रुपैयाँमा झरेको छ भने डल्ले च्याउको मूल्य २७६ रुपैयाँ छ। हिजो कन्य च्याउ २४० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो थियो।
बिज्ञापन
कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा ४५, रातो आलु ५७, सेतो आलु ४१, तराईको बन्दा २७, काउली ३५, सेतो मुला ३५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी करेला १०५, पाकेको फर्सी ५५, हरियो फर्सी २५, भिन्डी १११, स्कुस ३०, भारतीय सुकेको प्याज ६१, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो थियो।








