सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर प्रयोजनसहित २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। विराटनगरमा सम्पन्न कम्पनीको साधारणसभाले २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
बिज्ञापन
विराटनगरमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश पारित गरेसँगै कुल १,००,२३,८९,५५९.४९ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए भने सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
बिज्ञापन
त्यस्तै कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको पनि कम्पनीले जानकारी दिएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्च अनुमोदन गर्नुका साथै साधारणसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गरेको छ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ। अध्यक्ष भट्टराईले कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिज्ञापन







