कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
बिज्ञापन
बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारण सभाबाट पारित गरेका ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो। यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो।
बिज्ञापन
सूचीकृत भएको उक्त बोनस शेयर शेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ। कुनै शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत बैंकले आग्रह गरेको छ।








