होमपेज > लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान: ग्राहकहरुलाई विशेष अफर

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान: ग्राहकहरुलाई विशेष अफर

बिज्ञापन
बिज्ञापन

जिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ।

बिज्ञापन

‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराका साथ सुरु अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागि विभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गरिने बैंकले जनाएको छ।

बिज्ञापन

अभियानले ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउने बैंकको भनाइ छ।

-बैंकका ग्राहकहरुलाई विशेष अफर:

बिज्ञापन

डिसेम्बर महिनाभरी मोबाईल मनीमार्फत आफ्नो प्यान (स्थायी लेखा नम्बर) वा  NID (राष्ट्रिय परिचयपत्र) को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी PAN वा NID अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन्।

यस्तै मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्। मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन्। त्यसैगरी तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन्।

यस बाहेक आज किनौं, भोली तिरौं (बीएनपीएल) क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन्। साथै लक्ष्मी सनराइज बैंकका क्यूअर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।

बैंकका अनुसार वित्तीय साक्षरताका लागि डिजिटल संवाद समेत आयोजना हुनेछ। यस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरुसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते