नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
बिज्ञापन
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा छ।
बिज्ञापन
शनिबार, आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा छ।त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५७ र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६५ र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा छ।








