होमपेज > ह्वात्तै बढ्यो कुरिलोको र भिण्डी भाउ, अन्य तरकारीको मूल्य कति?

ह्वात्तै बढ्यो कुरिलोको र भिण्डी भाउ, अन्य तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले बुधवारको लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।

बिज्ञापन

जसअनुसार बजारमा आज कुरिलोको भाउ बढेको छ। हिजोको तुलनामा कुरिलो १०० रुपियाँ बढेको छ।  बुधवार कुरिलो प्रतिकिलो ११५० रुपियाँ पर्न गएको छ। हिजो भने १०५० मा बिक्री भएको थियो। आज सबैभन्दा धेरै भिण्डीको भाउ बढेको छ । आज भिण्डीको भाउ किलोमा ६० रुपैयाँले बढेर किलोको १५५ रुपैयाँ पुगेको छ।

बिज्ञापन

त्यस्तै,  डल्ले च्याउ ३७ रुपियाँ महँगो भएको छ। हिजो २७६ मा कारोबार भएको च्याउ यस दिन बढेर ३१३ रुपियाँ कायम भएको छ। त्यस्तै लौका, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ। आज लौका किलोमा ३० रुपैयाँले बढेर किलोको ८५ रुपैयाँ पुगेको छ। तने बोडी पनि किलोमा ३० रुपैयाँले नै बढेर किलोको १४५ रुपैयाँ पुगेको छ।

त्यस्तै पालुङ्गो साग आज किलोमा ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ। टाटे सिमीको भाउ आज किलोमा २५ रुपैयाँले बढेर किलोको ११० रुपैयाँ पुगेको छ। त्यस्तै घिरौला र तराईको काउलीको भाउ पनि किलोमा समान २०/२० रुपैयाँले बढेर किलोको समान ८५/८५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।

बिज्ञापन

आज परवर लोकल,रातो बन्दा, भारतीय गालभेडा सानो लगायतको भाउ सामान्य घटेको छ। आज परवर लोकल किलोमा १५ रुपैयाँले घटेर किलोको ८० रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। त्यस्तै रातो बन्दा किलोमा १० रुपैयाँले घटेर ८५ रुपैयाँमा झरेको छ। आज भारतीय गालभेडा सानोको भाउ पनि ५ रुपैयाँले घटेर ७० रुपैयाँमा झरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते