लीप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले देशका विभिन्न ६ सहरमा डिलर माग गरेको छ। कम्पनीले काभ्रेको बनेपा, ललितपुर, भक्तपुर, धनगढी, हेटौंडा र जनकपुरमा डिलर माग गरेको हो।
बिज्ञापन
कम्पनीले नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको सी-१० एसयूभीको बिक्री सुरु गरेसँगै डिलर माग गरेको हो । यही महिना कम्पनीको नयाँ ह्याचव्याक कार टी–०३ पनि नेपाल आउने छ। नयाँ नियुक्त हुने डिलरमा कम मूल्यको ह्याचव्याक र निकै ठूलो एसयूभी सी–१० दुई मोडल तत्कालै उपलब्ध हुने अनुमान गर्न सकिन्छ।
बिज्ञापन
यूरोपियन ब्राण्ड स्टेलान्टीस ग्रुपको प्रबेशसँगै निकै आक्रमक भएको लीप मोटर्सले सन् २०२५ को पहिलो क्वाटरमा सी–१० भन्दा सानो साइजको बी–१० मोडल पनि ल्याउने तयारी गरिरहेको छ। पेरिस मोटर शो र ग्वान्झाओ अटो शोमा प्रदर्शनी भएको बी–१० कम मूल्यमा आउने चर्चा भइरहेको छ।
लाइनअपमा बलियो र मूल्यका हिसावले निकै उत्कृष्ट मोडलहरु ल्याउने भएसँगै साँग्रिला मोटर्सले आफ्नो डिलर नेटवर्क बलियो बनाउन लागेको हो।








