नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैँक हुने भएको छ।
बिज्ञापन
आयोजक नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै एनपीएलको टाईटल स्पोनसर सिद्धार्थ बैक रहेको जनाएको छ। बैंकले पाँच वर्षसम्म टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको छ। सम्झौता रकम २० करोड छ। यस्तै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोट्र्स च्यानलबाट हुने भएको छ। खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जानकारी दिएको छ।
बिज्ञापन
८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।








