काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ।
बिज्ञापन
रुकुम पश्चिमको राडी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको यात्रुवाहक बस आठविसकोट नगरपालिका-११ को रिट्टामा दुर्घटना भएको हो। आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्।
बिज्ञापन
उनीहरूको उपचार नगर अस्पताल भइरहेको छ। दुर्घटना के कारणले भएको हो भन्नेबारे केही खुलेको छैन।








