होमपेज > दार्चुला दुर्घटना: नेपाली सेनाको हेलिकोप्टरमार्फत् घाइतेलाई धनगढी ल्याइयो (अपडेट)

दार्चुला दुर्घटना: नेपाली सेनाको हेलिकोप्टरमार्फत् घाइतेलाई धनगढी ल्याइयो (अपडेट)

बिज्ञापन
बिज्ञापन

नेपाली सेनाको हेलिकोप्टरमार्फत् दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ।

बिज्ञापन

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई उपचार गर्न धनगढी ल्याइएको हो।  घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

बिज्ञापन

नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो।  तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो। पछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो। त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याइएको हो।

‘धनगढी विमानस्थलमा पहिल्यैदेखि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो। तर घाइतेहरु ल्याएको हेलिकप्टर कभर्डहलमा अवतरण गरेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘मिस कम्युनिकेसनले गर्दा त्यस्तो भयो ।’

बिज्ञापन

हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्याएको हो।

-यो पनि पढ्नुहोस्:

दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)

दार्चुलामा जीप दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते