खानालाई स्वादिलो बनाउन धनियाँको ठूलो भूमिका हुन्छ। जनसुकै तरकारीमा धनियाँको प्रयोगले गरी स्वाद बढाउन सकिन्छ। हामीले दैनिक जीवनमा प्रयोग गरिआएको धनियाँ तरकारी वा अचारको टेस्टको लागि हामि प्रयोग गरिरहेका हुन्छाै। हरियो धनियाँ मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन सकिन्छ।
बिज्ञापन
धनियाँको बीजमा फाईटोन्युट्रियन्टस् भन्ने पोषण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो। यसमा म्यागनीज, आईरन, म्याग्नेसियम धेरै मात्रामा हुन्छ। यसमा भिटामिन सी र प्रोटिनहरू पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्सियम, फस्फोरस, पोटासियम, थायमिन र क्यारोटीन पाइन्छ। सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ।
बिज्ञापन
-यस्ता छन् फाइदाहरु:
१-पाचन प्रणालीलाई मजबुत बनाउन
बिज्ञापन
हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ। हरियो धनियाँको पातको रस पिउँदा टाइफाइडका बिरामीलाई लाभ मिल्छ। धनियाँ खाँदा शरीरमा सञ्चय भएका विकार शरीर बाहिर निस्किन्छ र रगतलाई शुद्धीकरण पनि गर्छ।
२-आँखा तेजीलो बनाउन
हरियो धनियाँ नियमित रूपमा प्रयोग गर्दा आँखा तेजीलो हुन्छ। आँखा सम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ।
३-छालामा चमक ल्याउँन
एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउनाले अनुहारको छालामा चमक ल्याउँछ साथै अनावश्यक पिम्पल तथा दागहरू पनि हटाउँछ।
४-शारीरिक कमजोरी हटाउन
हरियो धनियाँले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ। अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनियाँ मिसाएर खाँदा राम्रो हुन्छ।
५-पेट दुखेको निको पार्न
आधा गिलास तातो पानीमा दुई चम्चा धनियाँको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ। धनियाँको पातले हाम्रो शरीरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउँछ। लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ।
-यो पनि पढ्नुहोस्:
के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!
-थप पढ्नुहोस्:
के तपाईंलाई रायोको साग मन पर्छ? यस्ता छन् रायो खानुका फाइदाहरु








