नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
बिज्ञापन
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार गर्ने सोहिल शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबारसमेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा २०८१ कात्तिक २० गते यस ब्यूरोबाट खटीई गएको प्रहरी टोलीले भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल स्थित सोहिल शाक्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिज्ञापन
नेपाल राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको नेपाल राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा नेपाली नोट १००० र ५०० दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोट फेला पारी रितपुर्वक बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाको थप अनुसन्धान गरिउएको प्रहरीले जनाएको छ।








