अल्लु अर्जुनका फ्यान अहिले ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन्। रिलिज नहुँदै यो फिल्मले मिडियादेखि राइट बिक्रीमा हलचल मच्चाएको छ। फ्यान फिल्मलाई लिएर अधैर्य छन्।
बिज्ञापन

बिज्ञापन
अन्ततः यो फिल्म २० मंसिरबाट प्रदर्शन हुँदैछ। यो फिल्मलाई न्यूनतम ६ करोड ४० लाख रुपैयाँ मूल्यमा नेपालमा ल्याइएको छ। नेटफ्लिक्सले महंगो मूल्यमा यसको स्ट्रिमिङ राइट खरिद गरिसकेको छ। यसैबीच, अल्लु अर्जुनको पारिश्रमिकबारे भारतीय मिडियामा नयाँ खबर छ। उनले ‘पुष्पा २’ का लागि ३०० करोड भारु पारिश्रमिक लिएको बताइएको छ। पारिश्रमिकमा उनले अभिनेता थलापति विजयलाई पछाडि छाडेका छन्।

बिज्ञापन
योसँगै अल्लु भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन्। ट्रयाक टलिउडको एक रिपोर्टमा दाबी गरिएअनुसार भारतको राष्ट्रिय अवार्ड विजेता अल्लु अर्जुनले ‘पुष्पा’को भूमिकाका लागि ३०० करोड भारु लिएको बताइएको छ। फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र कमाइको हिसाबले धेरै रेकर्ड बनाएको थियो। यो फिल्मको सफलतापछि अल्लु अर्जुनको ‘स्टार भ्यालु’मात्रै होइन, पारिश्रमिक पनि बढेको छ। अहिले सबैको नजर ‘पुष्पा २’ मा छ, जुन पहिलो भागभन्दा अझै वृहत रहेको निर्माताले बताएका छन्।

रिपोर्टका अनुसार थलापति विजयले ‘थलापति ६९’ को लागि २७५ करोड भारु लिएका थिए। त्यसपछि थलापति विजय, शाहरुख खानलाई पनि पछि छाड्दै भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बने। पछिल्लो रिपोर्टअनुसार अल्लु अर्जुनले थलापतिको रेकर्डलाई उछिनेका छन्।









