होमपेज > हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

बिज्ञापन
बिज्ञापन

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ।

बिज्ञापन

ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेसा अँगालेका चार युवकको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा देखाएको छ। ट्रेलरको अन्त्यतिर युवतीलाई भूतका रूपमा प्रस्तुत गर्न खोजिएको छ। ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ।

बिज्ञापन

नेपालमा विरलै प्रयोग भएको जनरा हरर कमेडी यो फिल्म छठ पर्वको दिन पारेर कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म छ। यस फिल्मले हसाउने र तर्साउने दुवै उद्देश्य बोकेको छ। ‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशित फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन्। रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बु, पुष्प अवस्थीलगायतको अभिनय छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्।

मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन्। उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए।बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते