नेपालमा साना र मझौला व्यवसाय (एसएमबी) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले कार्यशाला आयोजना गरेको छ।
बिज्ञापन
टिकटकले हालै राजधानीमा ‘ह्यासट्याग ग्रो विथ टिकटक’ नामक कार्यशाला आयोजना गरेको हो। कार्यशालामा आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको प्रयोगबारे साना र मझौला व्यवसायीलाई सिकाइएको जनाएको छ।
बिज्ञापन

साथै टिकटकले आफ्नो व्यवसायलाई युवासँग जोड्ने, उत्पादन र सेवालाई रचनात्मक तरिकाले प्रस्तुत गर्ने र एपमा उपलब्ध नयाँ विशेषताको फाइदा कसरी लिने भन्नेबारे कार्यशालामार्फत प्रशिक्षण गरिएको थियो।
बिज्ञापन
यसले नेपालमा साना र मझौला व्यवसायीका लागि सञ्जाल विस्तार गर्ने अवसर सृजना गरेको टिकटकले जनाएको छ।








