होमपेज > बढायो कामदारको तलब

बढायो कामदारको तलब

बिज्ञापन
बिज्ञापन

मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५०० रिङ्गेट तलब छ।

बिज्ञापन

प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले नयाँ वर्षको बजेट भाषण गर्दै पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूले १ फेब्रुअरी २०२५ देखि श्रमिकलाई न्युनतम १७०० रिङ्गेट तलब दिनुपर्ने बताएका हुन् । सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिने बताउदै प्रधानमन्त्री इब्राहिमले जनताको जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिने बताए।

बिज्ञापन

नयाँ तलब कार्यान्वयन हुनुअघि मानव संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार पार्नेछ। जसले गर्दा नयाँ तलब कार्यान्वयनमा केही ढिला हुनेछ। उक्त निर्णयपछि मलेसियाको मानव संसाधन मन्त्री स्टिभन सिम ची केओङले विज्ञप्ति जारि गर्दै दक्ष कामदारहरूको लागि भने न्यूनतम पारिश्रमिकलाई शुरुवाती तलबको रूपमा लिन नहुने बताएका थिए। निर्णय गरिएको न्युनतम पारिश्रमिक न्यून आय भएका श्रमिकको हक हितमा लागि भएको बताए । उनले आफ्नो मन्त्रालयले पहिलो पटक मलेसिया स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अक्युपेशन्स (मास्को) को आधारमा सबै रोजगारी क्षेत्रका लागि शुरुवाती तलब निर्देशिका प्रकाशित गर्ने बताए ।

मन्त्रालयले कामदारहरूको सीप र कार्यसम्पादन अनुसार ज्यालादर वृद्धि सुनिश्चित गर्ने प्रयासको रूपमा कामदारहरूका लागि विभिन्न उच्च दक्षता तालिम पहलहरू पनि कार्यान्वयन गर्ने उनको भनाइ थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते