होमपेज > टर्किस एयरलाइन्सका क्याप्टेनको जहाज उडाइरहेकाे अवस्थामा मृत्यु

टर्किस एयरलाइन्सका क्याप्टेनको जहाज उडाइरहेकाे अवस्थामा मृत्यु

बिज्ञापन
बिज्ञापन

अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ।

बिज्ञापन

मंगलबार राति स्थानीय समयअनुसार एयरबस ए३५०, ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उक्त जहाज उडेको थियो। जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएपछि जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था द न्यू योर्क टाइम्सले जनाएको छ। त्यतिबेला जहाज उत्तरी क्यानडाको बाफिन आइल्यान्डको क्षेत्रमा उडान भइरहेको थियो।

बिज्ञापन

जहाजमा पटकपटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन। उनको ज्यान जोगाउन नसकेपछि को(पाइलटले अमेरिकाको जे।एफ।के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए।

उक्त जहाजलाई बुधबार बिहान ५ः५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो। क्याप्‍टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एयरलाइन्सले खुलाएको छैन।तर एयरलाइन्सले उनको नियमित रूपमा स्वास्थ्य जाँच भइरहेको बताएको छ। मार्चमा गरिएको जाँचमा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको टाइम्सको समाचारमा उल्लेख छ। जहाजमा रहेका यात्रुहरूलाई अर्को फ्लाइटमार्फत इस्तानबुल पठाउने तयारी भएको जनाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते