होमपेज > प्रभु महालक्ष्मी लाइफको सातौं वार्षिक साधारण सभा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिज्ञापन

कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भए पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पुर्‍याउन ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बिज्ञापन

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९र८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते