सिद्धार्थ बैंक र गोल्ड जिम फिटनेस इन्स्टिच्युट प्रालि (पर्सा, चितवन)बीच सम्झौता भएको छ ।
बिज्ञापन
सम्झौताअनुसार बैंकका ग्राहकहरूले (विशेष गरी Siddhartha Gen-Z) खाता भएका ग्राहकहरूले उक्त फिटनेसमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बिज्ञापन
यस सम्झौताले सेवाग्राहीहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्ने सकिने बैंकले जानकारी दिएको छ ।








