होमपेज > साढे ५ किलो बढी चाँदीका गरगहनासहित एक भारतीय पक्राउ

साढे ५ किलो बढी चाँदीका गरगहनासहित एक भारतीय पक्राउ

बिज्ञापन
बिज्ञापन

कास्कीबाट साढे ५ किलो बढी अवैध चाँदी गरगहनासहित एक भारतीय पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ३२ मजुवामा सवारी चेकजाँचको क्रममा ५ किलो ६९० ग्राम गरगहनासहित ३५ वर्षीय भूषण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

भारतको पूर्वी चम्पारण सुगौली थाना- १० घर भएका उनी हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्दै आएका छन् । झोलामा लुकाएको अवस्थामा गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार बुट्टावाला पाउजु १४०थान, झल्लार पाउजु १९२ थान, सादा पाउजु १२५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४९८ थान गरेर ५ किलो ६९० ग्राम रहेको छ ।

बिज्ञापन

एक थान मोबाइल फोनसमेत बरामद भएको उनले बताए । ती गहनाको प्रमाण खुल्ने कुनै कागजात र विल नभएकाले गरगहनसहित पक्राउ गरेको उनको भनाइ छ । थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते