नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बैंकिङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
बिज्ञापन
कर्जा प्रवाह खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप राष्ट्र बैंकले १४ दिनको लागि तान्ने भएको हो । निक्षेप संकलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
बिज्ञापन
जसमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ ।








