जनप्रतिनिधिहरुअख्तियारको फन्दाम पर्ने र मुद्धा लगाउने क्रम चलिरहेकै बेला धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडासचिवसहित ३ जनालाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
बिज्ञापन
वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डल चार लाख ५० हजार घुस रकमसहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बिज्ञापन
अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित वडाध्यक्ष कार्यकक्षबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।








