होमपेज > ऐतिहासिक पदक जितेकी पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

ऐतिहासिक पदक जितेकी पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

बिज्ञापन
बिज्ञापन

नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

बिज्ञापन

पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले पलेशालाई २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । तेक्वान्दो सङ्घले पारा तेक्वान्दोको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एवम् सङ्घको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरेको छ ।

बिज्ञापन

सङ्घले पलेशाका आमाबाबुलाई पनि सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गतेको के–४४ विधा अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते