होमपेज > सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

बिज्ञापन
बिज्ञापन

सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो ।

बिज्ञापन

बैंकका अनुसार सीईओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र बैंकको इमेल hr@sindhubank.com.np मा आवेदन पेस गर्नुपर्नेछ ।

बिज्ञापन

आवेदनका साथ उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ । साथै ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको व्यत्तिले आवेदन दिनुपर्ने बैंकले जनाएको छ । व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याकंशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकको भनाइ छ ।

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ बर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्ने छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते