होमपेज > बैतडीका २८ वर्षीय युवक मलेसियामा बेपत्ता

बैतडीका २८ वर्षीय युवक मलेसियामा बेपत्ता

बिज्ञापन
बिज्ञापन

बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन्। रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन्।

बिज्ञापन

मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए। ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए। काम गर्ने क्रममा टाउकोमा गम्भिर चोट लागेको थियो। त्यसको चार/पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताए।

बिज्ञापन

टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनीसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए। “टाउकोमा चोट लागेको दुई/तीन दिनपछि एक्कासी बरबराउने, डराउनेलगायत लक्षण देखाउने गरेका थिए, १३ गतेराति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्”, बुबा बहादुरसिंहले भने,“काम गर्ने कम्पनीले पनि त्यहाको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु।”

मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्रसिंह बिष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिए। जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजि गरिदिन आग्रह गरिएको वडा अध्यक्ष बिष्टले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते