कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार गोलभेंडा, प्याज र घिरौंलाको मूल्य बढेको छ ।
बिज्ञापन
हिजो ९५ रुपियाँमा बिक्री भएको गोलभेंडाको मूल्य आज ९६ रुपियाँ पुगेको छ । किलोमा ११ रुपियाँले बढेको हो । त्यस्तै आज सुकेको प्याज प्रतिकिलो १०३ रुपियाँ तोकिएको छ । हिजो भने ९२ रुपियाँ रहेको थियो । साथै, यसदिन घिरौंला २० रुपियाँ महँगो भएको छ । अघिल्लो दिन ३५ रुपियाँमा कारोबार भएको घिरौंला बढेर ५५ रुपियाँ पुगेको हो ।
बिज्ञापन
कालिमाटीमा आज करेला ४६, परवर ७६, घिउसिमी ८६, रायो साग ९६, डल्ले च्याउ ४००, कुरिलो ३५०, सेलरी २७५, पार्सले १२५०, हरियो धनिया ४०० रुपियाँ र ब्रोकाउली २५० रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य
बिज्ञापन









