नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।
बिज्ञापन
पछिल्लो पटक २८ असारमा तोकेको अण्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो । २८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।
बिज्ञापन
आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अण्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो । पोखरेलका अनुसार अण्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।








