होमपेज > संसारकै बढी ताैल भएका व्यक्ति ५४६ केजी तौल घटाएर पुगे ६३.५ केजी कसरी?

संसारकै बढी ताैल भएका व्यक्ति ५४६ केजी तौल घटाएर पुगे ६३.५ केजी कसरी?

बिज्ञापन
बिज्ञापन

संसारकै सबैभन्दा बढी वजन भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले ५४६ केजी तौल घटाएका छन्। साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाएका हुन्। उनको यो परिवर्तनले सबैलाई चकित पारेका छन्।

बिज्ञापन

बिज्ञापन

२०१३ मा खालिदको वजन ६१० केजी थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्। आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो। खालिद साउदी अरबको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए।

बिज्ञापन

राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए। यो टोलीले उनको उपचार र खानपानको ख्याल गर्यो। त्यतिबेला खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्ने थिएनन्। त्यसैले उनलाई उनको घरबाट फोर्क-लिफ्ट क्रेन र विशेष फ्लीटमार्फत राजधानी रियादको किंग फहाद मेडिकल सिटीमा लगिएको थियो। त्यहाँ उनको उपचार योजनामा फिजियोथेरापीका साथै निश्चित डाइट र व्यायाम समावेश थियो। यस क्रममा उनको ग्यास्ट्रिक बाइपास सर्जरी पनि गरिएको छ। यो परिवर्तनको क्रममा, धेरै पटक उनको छाला हटाउने शल्यक्रिया गर्नुपरेको थियो। धेरै तौल घटाएपछि छाला शरीरको आकारमा आउन नसकेपछि अतिरिक्त छालालाई शल्यक्रिया मार्फत हटाइन्छ।

अहिले खालिदलाई स्माइलिङ म्यान भनेर चिनिन्छ। उनलाई यो उपनाम मेडिकल टोलीले दिएका हुन्। २०१३ मा ६१० केजी रहेको खालिद फेब्रुअरी २०१६ मा उनी पहिलो पटक हिड्न सक्ने भए। त्यसपछि उनले आफ्नो भिडियो सामाजिक सञ्जालमा समेत शेयर गरे। उनी अहिले ६३.५ केजी छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते