होमपेज > राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता: युवामन्त्री चौधरी

राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता: युवामन्त्री चौधरी

बिज्ञापन
बिज्ञापन

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

बिज्ञापन

उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताए । उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए । उनले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसात गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौति थपिएको बताए ।

बिज्ञापन

उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताए । उनले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताए । उनले भने, ‘स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक छ । नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ । निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरलाई गराउन चाहन्छु ।’ मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भुमिकाबाट युवा उद्यमशिलतामा जोड दिएको बताए । उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए । उनले निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते