दाङको बौलाहा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका – २ का ११ वर्षीय अनिश बिष्टको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षकले जानकारी दिए।
बिज्ञापन
गाउँपालिकाको वडा नं. ५ स्थित बौलाहा खोलामा नुहाउन भनेर शनिबार उनीसहित तीन जना बालकहरू गएका थिए। स्थानीय हरि खड्काका अनुसार बाँध बाँधेको नयाँ ठाउँमा नुहाउन पसेका अनिशलाई लेदोमाटोसहितको दलदलले पुरेपछि अरु भागेका थिए। उनीहरूले स्थानीयहरूलाई खबर गरेपछि घटनास्थल पुगेक अन्य व्यक्तिहरूले बालकलाई उद्धार गरेका थिए। यद्यपि उनको मृत्यु भइसकेको थियो। बालकको शव शनिबार नै पोस्टमर्टम गरीसकेपछि अन्त्येष्टी समेत गरिएको छ।








