होमपेज > विद्यालयमा कोरियन भाषाको पढाइ हुँदै

विद्यालयमा कोरियन भाषाको पढाइ हुँदै

बिज्ञापन
बिज्ञापन

दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीकालागि ऐच्छिक विषयका रूपमा कोरियन भाषा पनि राखेको छ । विद्यालयमै आफ्नो पढाइसँगै कोरियन भाषा पढ्न पाइने व्यवस्था भएपछि अर्थशास्त्र विषय छाडेर कोरियन भाषा पढ्न थालेको उक्त विद्यालयका विद्यार्थी दिवस केसीले बताए । केसीले भने, “कक्षा ११ मा कोरियन भाषा सिक्न सकिने र पछि रोजगारीकालागि कोरिया जान पनि सजिलो हुने भएकाले पढ्न थालेको छु ।”

बिज्ञापन

दिवससँगै आशा केसी पनि कोरियन भाषा अध्ययन गरिरहेकी छिन् । आफ्नो नियमित पढाइसँगै विद्यालयमै कोरियन भाषा अध्ययनगर्न सकिने भएकाले कोरियन भाषा पढ्न थालेको बताइन । भाषा सिकेपछि बेरोजगारी समस्याका कारण बिदेसिनुपर्ने अवस्था आएमा कोरिया जानकालागि सजिलो हुने अपेक्षा उनमा छ । व्यवस्थापन सङ्काय अध्ययनकालागि विद्यालयमा भर्ना भएर कोरियन भाषा पनि सिक्दै आएकी केसीले भनिन्, “विद्यालयमा कोरियन भाषा सिक्दा थप पैसा नलाग्ने र आफ्नो पढाइसँगै भाषा सिकिने भएकाले पढिरहेको छु ।”

बिज्ञापन

व्यवस्थापन सङ्काय अन्तर्गत विद्यालयले कोरियन भाषाको व्यवस्था गरेपछि अहिले विद्यालयमा ६० जना विद्यार्थीले नियमित कक्षासँगै कोरियन कक्षा लिइरहेका छन् । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनसँगै विद्यार्थीलाई बहुभाषाको ज्ञान गराउनकालागि यो वर्षदेखि कोरियन भाषाको पठनपाठन थालेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाले बताए ।

विद्यालयले केही वर्षअघिदेखि विद्यार्थीलाई आयआर्जनमा जोड्न “पढ्दै कमाउँदै” कार्यक्रम लागु गरेको थियो । “पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत विद्यार्थीलाई कृषिमा जोडेको विद्यालयले यो वर्षदेखि विद्यार्थीमा बहुभाषाको ज्ञान दिने उद्देश्यले कोरियन भाषाको पढाइ सुरु गरेको हो । प्रधानाध्यापक खनालका अनुसार विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ६० विद्यार्थी अहिले व्यवस्थापन सङ्काय अन्तर्गत कोरियन भाषाको कक्षा लिइरहेका छन् । उहाँका अनुसार विद्यालयले अर्को वर्षदेखि जापानिज भाषाको पढाइ पनि गर्ने तयारी गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते