होमपेज > पार्टीका ८ नेतालाई आन्दोलनकारीले जिउँदै जलाए

पार्टीका ८ नेतालाई आन्दोलनकारीले जिउँदै जलाए

बिज्ञापन
बिज्ञापन

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेको घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसोरस्थित अवामी लीगका नेताहरू बसेको एक होटलमा आगो लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

बिज्ञापन

होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए। सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् ।

बिज्ञापन

अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए । आन्दोलन आक्रामक बनेसँगै सोमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दोलनकारीले उत्सव मनाएका थिए । सोही क्रममा आन्दोलनकारीले होटलमा आगो लगाएका हुन् । आन्दोलनकारीले अवामी लिगको कार्यालय र नेताहरूको घरमा पनि आक्रमण गरेका थिए ।

३ सय जनाको ज्यान गयो

बिज्ञापन

बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो।यद्यपी मृत्यु हुनेको संख्या ३ सय हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन । सरकारी अधिकारीहरूले एक सय जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते