होमपेज > अन्तर्राष्ट्रिय पूँजीबजारमा मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहने: गभर्नर अधिकारी

अन्तर्राष्ट्रिय पूँजीबजारमा मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहने: गभर्नर अधिकारी

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।

बिज्ञापन

आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुसरण नगरे शिथिलता कायमै रहने बताए ।

बिज्ञापन

उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ?त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ? आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौँ । अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहाना बाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुसरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरू होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरू नै किन नहोस् ।’ उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए ।

निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ । ‘आर्थिक अस्थिरता हुने गरी काम गर्न दिँदैनौँ । त्यसमा एकदमै सजग छौँ । मौद्रिक नीतिले निजी क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनु पर्दैन । मौद्रिक नीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौँ,’ उनले भने ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते