बागलुङको बडिगाड गाउँपालिका–३ को ताराङजा देउराली नजिकै बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बरवाङबाट खटिएको टोलीले सोमबार उक्त हतियार फेला पारेको हो ।
बिज्ञापन
स्थानीयले दिएको सूचनाका अधारमा खटिएको प्रहरी सहायक निरीक्षक मनबहादुर क्षेत्री नेतृत्वको टोलीले साबुत २ र बेसाबुत ३ गरी ५ नाल भरुवा बन्दुक भेट्टाएको जिल्ला प्रहरीका सूचना अधिकारी विजय यादवले जानकारी दिए । प्रहरीले ती बन्दुक जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
बिज्ञापन
घटनाबारे थप अनुसन्धान भइरहेको र अहिलेसम्म कोही व्यक्ति पक्राउ नपरेको यादवले बताए ।








