नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।








