होमपेज > दाङमा धानखेतीका लागि रासायनिक मल अभाव नहुने

दाङमा धानखेतीका लागि रासायनिक मल अभाव नहुने

बिज्ञापन
बिज्ञापन

दाङमा यस वर्ष धानखेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ। आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन्।

बिज्ञापन

जिल्लामा किसानले मकै र धानखेतीका लागि रासायनिक मल सहकारीमार्फत लैजाने गरेका छन्। सहकारी संस्थाको मागअनुसार गत वर्ष मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले युरिया पाँच हजार २० दशमलव चार सय मेट्रिकटन, डीएपी दुई हजार चार सय ५१ दशमलव चार सय मेट्रिकटन, पोटास एक हजार ७४ दशमलव छ सय मेट्रिकटन वितरण भएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए।

बिज्ञापन

किसानले एक वर्षका लागि मल सञ्चित गर्ने बानी छोड्न उनले सुझाव दिए। ‘मल पर्याप्त मात्रामा आएको छ कृषि सहकारी संस्थाको माग अनुसार पालैपालो मल वितरण भइरहेको छ,’ उनले भने, ‘धान रोप्ने बेला किसानले युरिया र डिएपी मिलाएर प्रयोग गर्नुपर्नेमा अर्को वर्षका लागि मल स्टक राख्न खोजेका कारण बेलाबेलामा समस्या हुन्छ।’

यस वर्ष जेठ मसान्तसम्म कृषि सामग्रीमा चार हजार सात सय ५० दशमलव एक सय मेट्रिकटन युरिया, डीएपी दुई हजार आठ सय २४ दशमलव एक हजार तीन सय ५० मेट्रिकटन र पोटास दुई सय २४ दशमलव दुई सय ५० मेट्रिकटन आएर वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताए।

बिज्ञापन

तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र कृषकले मल पाइराखेकाले यस वर्ष मल अभाव नहुने कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिए। मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उनले बताए। गत वर्षको तुलनामा यस वर्ष धेरै मल वितरण भएको र अझै एक महिना समय बाँकी हुँदा किसानले सहज रूपमा मल पाउने उनको भनाइ छ।

साल्ट ट्रेडिङ दाङका प्रमुख रामबाबु गुप्ताले यो वर्ष मल अभाव नहुने बताए। गत वर्ष युरिया ६२ हजार बढी बोरा र डीएपी २५ हजार बोरा बिक्री भएकोमा यस वर्ष अहिलेसम्म युरिया ६३ हजार, डिएपी ४० हजार बोरा बिक्री भएको उनले जानकारी दिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते