होमपेज > विराटनगरमा दुई दिने ‘श्रमाधान रोजगार मेला’ शुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

विराटनगरमा दुई दिने ‘श्रमाधान रोजगार मेला’ शुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’ बिहीबार विराटनगरमा उद्घाटन गरेका छन् । दक्ष जनशक्तिलाई रोजगारी प्राप्त गर्न सहज बनाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइको छ । मेला दुई दिनसम्म आयोजना गरिनेछ । जागिर पाउने उपयुक्त थलो बन्न सक्ने श्रमाधान रोजगार मेला सातै प्रदेशमा आयोजना गर्ने तयारी छ ।

बिज्ञापन

मेलामा कोसी प्रदेशका ५० भन्दा धेरै उद्योगी, व्यवसायीले स्टल राखेका छन् । त्यहाँबाट रोजगारीका निम्ति आवेदन आह्वान गरिएको छ । उपयुक्त सीप, दक्षता र योग्यताअनुसारको जागिरका निम्ति त्यहीँ प्रस्ताव गर्न सकिने मेला संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । “यो अवसर र जनशक्ति खोजी गर्ने उपयुक्त थलो हो,” उनले भने ।

बिज्ञापन

श्रम मन्त्रालयका उपसचिव एवं रोजगार मेला कोसी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले रोजगारीको खोजीमा लागेका युवाका लागि मेला धेरै नै फलदायी हुने बताए ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिमप्रदायक संस्थाको उपस्थिति रहेको मेलामा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सामी कार्यक्रम, रेमी परियोजना, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटेल संघ नेपाललगायत संस्थाका स्टल राखिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते