होमपेज > बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा लगानी गर्न प्रोत्साहन

बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा लगानी गर्न प्रोत्साहन

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा अन्य धितोपत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीति बनाइदिएको छ ।

बिज्ञापन

चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिनका लागि सहज नीति बनाइदिएको हो ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको छ । यो व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् ।

यसअघिसम्म १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो । यसले गर्दा चाहेकै रकमको सेयर तथा अन्य धितोपत्र बेच्न समस्या हुँदा बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्नका लागि नै हच्किरहेका थिए । बैंक तथा वित्तीय संस्थहरु हच्किँदा धितोपत्रको मागलाई संकुचित गराएको थियो ।

बिज्ञापन

तर अब लगानी बिक्रीको सीमा नै बढाइएपछि बैंकहरुलाई सेयरमा लगानी गर्नका लागि प्रोत्साहन मिल्नेछ । ‘लगानीबाट बाहिरिनका लागि सहज व्यवस्था भयो, यसले सेयरमा मात्रै होइन, अरु क्षेत्रमा पनि लगानी गर्न प्रोत्साहन नै गर्छ’ एक बैंकका सीईओले भने ‘तर लगानी कुन कुन क्षेत्रमा गर्छन् भन्ने विषय बैंकका आफ्नै योजना हुन्छन् ।’

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक पूँजी ७ खर्ब १६ अर्ब रुपैयाँ बराबर छ । सेयर, डिवेन्चर र सामुहिक लगानी कोषमा मात्रै बैंकहरुले कुल प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । हाल पर्याप्त कर्जा प्रवाह नभइरहेको अवस्थामा बैंकहरुले सेयरमा लगानी बढाउन सक्ने र यसले बजार बढ्नमा टेवा पुग्ने अनुमान गरिएको छ ।

सेयर बजारसँग सम्बन्धित अन्य विषयमा भने मौद्रिक समीक्षाले छोएको छैन । सेयर कर्जा एक व्यक्तिका लागि अधिकतम १५ करोड र संस्थालाई २० करोडको सीमा, सेयर कर्जाको जोखिमभार ठूलो कर्जामा १२५ प्रतिशत र सानोमा १०० प्रतिशतको व्यवस्थालाई यथावत राखिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते